Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामन्त्री थापालाई शेखर कोइरालाको साथ, प्रवक्ता महत पुगे कोइराला निवास

नयाँ सरकार गठनको प्रक्रियामा जुटेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको निर्वाचन रौनक सुरु भएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने बुझिएको छ ।

नेता शेखर कोइरालाले महामन्त्री थापालाई साथ दिने भएका छन् । कोइरालाले औपचारिक रुपमा नबोलेता पनि आफ्ना समुहका नेताहरुलाई अहिलेको माहोल अनुसार थाापालाई नै प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्ने बताउने गरेको श्रोतले बतायो ।

आउदा दिनमा पार्टी सभापति कोइरालाई बनाउने र आफू प्रधानमन्त्री हुने थापाले आफ्ना निकटतममाझ योजना सुनाएपछि कोइरालाले समयको माग भन्दै सर्मथन जानाएको बताइएको छ ।

यता, थापाले आफूलाई शेखर कोइरालाको साथ रहेको औपचारिक रुपममै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत डा. शेखर कोइरालाको निवास पुगेका छन् ।

मोरङबाट निर्वाचित कोइरालालाई बधाई दिन भन्दै महत शनिवार विहान विशालनगर पुगेका हुन् । सो क्रममा महतले कोइरालालाई लड्डु पनि खुवाएका छन् ।

प्रकाशित मिति: Dec 4, 2022

प्रतिक्रिया दिनुहोस्