Logo
१५ चैत्र २०८०, बिहीबार
(December 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक सम्पत्तिमा कसैले क्षति पुर्‍याए सम्बन्धितबाटै क्षतिपूर्ति भराइने छ : काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले सार्वजनिक सम्पत्तिमाथि हानी नोक्सानी गरी क्षति पुर्‍याएमा सम्बन्धित पक्षबाटै क्षतिपूर्ति भराउने निर्णय गरेको छ। काठमाडौँ महानगरले सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो।

‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानी नोक्सानी गरेमा, क्षति पुर्‍याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुनबमोजिम कारबाही एवं हानी नोक्सानीबापतको क्षतिपूर्तिसमेत कानुनबमोजिम भराइने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएको र त्यसमाथि हानी नोक्सानी पुर्‍याएमा कानुनबमोजिम कारबाही हुने पनि महानगरले स्पष्ट पारेको छ।

प्रकाशित मिति: Dec 2, 2022

प्रतिक्रिया दिनुहोस्