Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी

सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार इनरुवा नगरपालिकाको भगवती माविमा सम्पन्न मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार रहेका कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन्।

मतगणनाको सुरुवातबाटै कडा प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा जित हात पारेका नेपाली कांग्रेसका नेता कार्कीले ३० हजार ४८३ मत हासिल गरेका छन्।

त्यसैगरी, प्रदेश १ का पूर्वमन्त्री कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।

१ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी ४ मा ८० हजार ९९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: Dec 1, 2022

प्रतिक्रिया दिनुहोस्