Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै सुरु भएन बाजुरामा मतगणना

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनस्गर्न बुधबार निणर्य गरेको भए पनि अझैसम्म सुरु हुन सकेको छैन।

आयोगले मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाएको भए पनि नेकपा एमाले बाजुराले विमति जनाइरहेको छ।

बिहीबार बिहान ७ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर, एमाले भने सहभागी भएको थिएन।

यता मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुराले सहमतिको प्रयास भइरहेको जनाएको छ।

चेतन अयडीका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने एमाले बाजुरा सचिव भरत थापाले बताएका छन्।

प्रकाशित मिति: Dec 1, 2022

प्रतिक्रिया दिनुहोस्