Logo
२३ माघ २०७९, सोमबार
(November 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन मिलेर देशलाई दुर्घटनामा जानबाट जोगायौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,’ ।

उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Nov 25, 2022

प्रतिक्रिया दिनुहोस्