Logo
८ बैशाख २०८१, शनिबार
(November 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर क्षेत्र नं ३ बाट डाक्टर तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् ।

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Nov 24, 2022

प्रतिक्रिया दिनुहोस्