Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, पछि परे एमालेका पाेखरेल

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।

मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।

प्रकाशित मिति: Nov 22, 2022

प्रतिक्रिया दिनुहोस्