Logo
१२ बैशाख २०८१, बुधबार
(November 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीको ४ मा मतगणना सुरु, लाेसपाका शुक्ला अगाडि

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएकाे छ । दिउँसाे सुरु भएकाे मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन् ।

यसैगरी, प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादव ३१ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं. ४ ‘क’मा प्रदेशसभा सदस्य पदका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कन्हैया बनियाँ ११०९, कांग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं. ४ ‘ख’मा प्रदेशसभा सदस्य पदका कांग्रेसका उम्मेदवार बसीउद्दीन खाले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन सिंह ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन् ।

प्रकाशित मिति: Nov 21, 2022

प्रतिक्रिया दिनुहोस्