Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमि आएको निष्कर्ष निकालेको जनाएको हो ।

आयोगले २७–३० कात्तिकसम्म  अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यहरुलाइ सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटकाका गाडीहरु भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाएको छ ।

अधिकाशं मतदान केन्द्रहरु विध्यालय नै प्रयोग गरेको हुनाले आयोगले ध्यानाकर्षण जनाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले निर्वाचनका कारण बालबालिका विद्ययालय जान नपाएको विषयलाई गम्भीर रुपमा लिएको बताए ।

आयोगले सप्तरीको हातिगंगा भन्ने स्थान कोशीटप्पुबीच रहेकाले संवेदनशील क्षेत्र भएको निष्कर्ष निकाल्दै मतपेटिका मतगणनास्थलसम्म पु¥याउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

मधेश प्रदेशमा सुरक्षाका हिसाबले समेत खासै संवेदनशील नभएको आयोगले जनाएको छ । ‘सरकार विरोधी दलहरु प्रशासनको निगरानीमा भएको हुनाले अवाञ्छित गतिविधि नभएको पाइएको हो,’ अनुगमन टोलीकी सदस्य लिली थापाले भनिन् ।

अनुगमन  आदिवासी जनजाती आयोगका  रामबहादुर थापा,  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, मधेशी आयोगका कार्यालय प्रमुख मन्जु खतिवडा र सदस्य जिवछ साहले गरेका थिए ।

प्रकाशित मिति: Nov 18, 2022

प्रतिक्रिया दिनुहोस्