Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईविरुद्ध सुखद् सुरुआतको योजना

तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा आज (सोमबार) संयुक्र अरब इमिरेट्स (युएई)को सामना गर्दा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैैैछ । सो शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले युएईविरुद्धको शृंखलालाई रोहितकुमार पौडेलले कप्तानीमा रहेको नेपालले नामिबिया भ्रमण अघि अभ्यासको रुपमा लिएको छ ।

लिग टु मा २० खेलमा १७ अंक जोडेको नेपाल छैटौैं स्थानमा छ भने नामिबिया २२ खेलमा २६ अंकसहित पाँचौ स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको युएईको २६ खेलमा २७ अंक छ ।

कप्तान रोहित पौडेलले युएईविरुद्ध शृंखला आफ्ना लागि चुनौतीभन्दा पनि अवसर भएको बताएका छन् । उपकप्तान रोहितलाई शुक्रबार मात्र क्यानले कप्तानमा नियुक्त गरेको थियो ।

नेपालले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा तीन  एक दिवसीय खेलको शृंखला खेल्दैछ ।

प्रकाशित मिति: Nov 14, 2022

प्रतिक्रिया दिनुहोस्