Logo
२६ बैशाख २०८१, बुधबार
(October 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपहिराेले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

१९ असाेजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएकाे छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेकाे छ ।

सर्वसाधारणले बल्लतल्ल दसैंकाे टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी  साट्ने अवस्था भएन । दसैंको टीकाकै दिन बिहानैदेखि पानी परेकाे थियाे। यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्याे ।

अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर भत्किँदा ४० परिवार विस्थापित भएका छन् । उनीहरू आफन्तको घरमा आश्रय लिइरहेका छन् ।

मेयर शाहीका अनुसार ९६ घरधुरी उच्च जोखिममा छन् । विपद्का कारण पीडित परिवारजनहरुलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरूसँग मेयर शाहीले सहयाेगका लागि आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति: Oct 13, 2022

प्रतिक्रिया दिनुहोस्