Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा र एमालेबीच चुनावी तालमेलको ड्राफ्ट तयार, ओली र यादवले हस्ताक्षर गर्ने 

नेकपा एमाले र जसपा नेपालबीच चुनावी तालमेलको ड्राफ्ट तयार भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेपछी औपचारिक रूपमा गठबंधनको घोषणा गरिनेछ ।

गएराति एमाले नेता रघुवीर महासेठको निवासमा एमाले र जसपाको चुनावी तालमेलको सहमति भएको हो ।

देशभरको २२ ओटा संघीय निर्वाचन क्षेत्रमा एमालेले जसपालाई सघाउने सहमति भईसकेको छ भने थप ३/४ ओटा संघीय सिट र प्रदेश सिटमा कुरा नमिलेपछि सहमतिमा हस्ताक्षर हुन सकेको छैन ।

अब फेरि दुबै दलका शीर्ष नेता बसेर सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको एमालेले नेता प्रदिप ज्ञावलीले जानकारी दिए ।

‘हामी सहमति नजिक छौँ । केही क्षेत्रमा दोहोरो दाबी छ।, उनले भने, ‘फेरि नेताहरू बसेर त्यसको हल गर्नुहुन्छ ।’

उनका अनुसार मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार बन्नेगरीको गठबंधन र अन्य प्रदेशहरुमा एमालेको नेतृत्वमा सरकार बन्नेगरीको तालमेल टुंगिने छ ।

समाचार श्रोतका अनुसार संघीय क्षेत्र अन्तरगत मधेस प्रदेशमा १६ सिट (सप्तरीमा २, सिरहामा २, धनुषामा १, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २, बारामा २ र पर्सामा २ सिट), प्रदेश १ मा ३ सिट (धनकुटा, मोरङ, सुनसरी), लुम्बिनी प्रदेशमा ३ सिट (कपिलवस्तु, बाँके, नवलपरासी), बागमती प्रदेशमा १ सिट (काठमाडौं ७) र सुप प्रदेशमा २ सिट जसपाले पाउनेछ ।

प्रकाशित मिति: Oct 7, 2022

प्रतिक्रिया दिनुहोस्