Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानिस तनावमा छन् भन्ने कुकुरले पत्ता लगाउछन्

हामीले पाल्ने कुकुरले फेरि एक पटक प्रमाणित गरेका छन् कि तिनीहरू हाम्रा भावनाहरूमा राम्रोसँग मिल्छन् । हालैको एक अध्ययनले यस्तो देखाएको हो । क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले गरेको नयाँ अध्ययन अनुसार कुकुरहरूले आफ्नो पसिना र सासबाट मानिसमा तनाव पत्ता लगाउन सक्छन् ।

वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि कुकुरहरूले हाम्रो सास र पसिनामा तनावको गन्ध लिन सक्छन् ।

अध्ययनका लागि चार वटा पाल्तु कुकुरलाई तीनवटा सुगन्धित क्यानिस्टर (सिलिण्डर आकारका चार डिब्बा) मध्ये एउटा ‘छनोट’ गर्न तालिम दिइएको थियो ।
७०० मध्ये ६५० भन्दाबढी परीक्षणहरूमा तिनीहरूले सफलतापूर्वक पसिना वा सासको नमूना पहिचान गरे जुन तनावग्रस्त व्यक्तिबाट लिइएको थियो ।
प्लोस वन जर्नलमा प्रकाशित छ ।

क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले आफ्नो अध्ययनले थेरापी कुकुरहरूको तालिममा मद्दत गर्ने आशा गरेका छन् । स्कूल अफ साइकोलोजीका  क्लारा विल्सन (पीएचडी शोधकर्ता) र केरी क्याम्पबेल (एमएससी विद्यार्थी) ले सो अध्ययन गरेका थिए ।

अध्ययनमा बेलफास्ट काउन्टीका चार कुकुर ट्रिओ, फिनगल, सुट , विनी र ३६ जना मानिस संलग्न थिए ।

प्रकाशित मिति: Sep 29, 2022

प्रतिक्रिया दिनुहोस्