Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यले दिने मासिक स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने

नेपाल सरकार दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रक्रिया पूरा गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ ।

गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘हामीले गाउँपालिकामा रहेका दीर्घरोगीहरूलाई सहयोग मात्रै गरेका छैनौं, स्वास्थ्य बिमासमेत नि:शुल्क गर्दै आएका छौं । गाउँपालिकामा रहेका नागरिकहरूलाई सरकार आफूसँग भएको अनुभूति दिलाउने उद्देश्यका साथ हामीले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भने ।

गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरणका आएको छ । गाउँपालिकाको तथ्याङ अनुसार दीर्घरोगीलाई करिब २५ लाख रुपैयाँ वार्षिक सहयोग गरेको जनाएको छ ।

गाउँपालिकामा रहेका नागरिकहरूलाई स्वास्थ्य सेवा दिन विभीन्न वडामा स्वास्थ्य इकाइ केन्द्रहरू स्थापना गरेको छ । आर्थिक रूपमा कमजाेर तथा विपन्न परिवारका नागरिकलाई गाउँपालिकाले ल्याएको कार्यक्रमले राहत पाएको बताउँछन् । गाउँको केन्द्रमा स्वास्थ्य इकाइ स्थापनाले घन्टाैं लामो बाटो हिँडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता हटेको छथर-२ की सुकमाया लिम्बूले बताइन् । ‘गाउँमा औषधि नहुँदा सामान्य झापापखाला लाग्दासमेत बोकेर स्वास्थ्यचौकी जानुपर्थ्याे तरअहिले गाउँमै स्वास्थ्य केन्द्र छ हामीलाई सुविधा भएको छ,’ लिम्बूले भनिन् । गाउँगाउँमा सवारीसाधन नपुग्दा यहाँका नागरिकले कि घन्टाैं हिँडेर कि बोकेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति: Sep 27, 2022

प्रतिक्रिया दिनुहोस्