Logo
१३ बैशाख २०८१, बिहीबार
(September 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिसन

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् । हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ ।
यो कदमले उत्तर कोरिया थप क्रुद्ध हुने अनुमान गरिएको छ ।

ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा निशस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो ।

प्रकाशित मिति: Sep 27, 2022

प्रतिक्रिया दिनुहोस्