Logo
७ बैशाख २०८१, शुक्रबार
(September 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हे मेरी आमा’ बोलको गीत बजारमा (हेर्नुस् भिडियो)

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत
संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन ।

गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन । निशल पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन ।

बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्