Logo
११ बैशाख २०८१, मंगलबार
(September 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठमेलको एक होटलमा शेखर पक्षको निर्णय : पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेस डा. शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक सुची नसच्याए विरोधका थप कार्यक्रम तय गर्ने समेत चेतावनी दिएको छ ।

ठमेलस्थित एक होटलमा आज बसेको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म तय भएको छ ।

युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी थिए ।

कोइराला समुहले प्रत्यक्ष र समानुपातिकमा ४० प्रतिशत उम्मेदवार दिनुपर्ने अडान राख्दै आएको छ । नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: Sep 26, 2022

प्रतिक्रिया दिनुहोस्