Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनमा लड्न नागरिकलाई आंशिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन

युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ ।

राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ ।

बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले  रुसले सुरुमा करिब ३ लाख जना परिचालन गर्ने बताएका छन् ।

आंशिक सैन्य परिचालनको अमेरिकालगायत पश्चिमा देशले विरोध गरेका छन् ।

प्रकाशित मिति: Sep 22, 2022

प्रतिक्रिया दिनुहोस्