Logo
१५ चैत्र २०८०, बिहीबार
(September 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङमा ५ वर्षमा १५७ जनाले गरे आत्महत्या

लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन्  । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच  वर्षमा १५७ जनाले आत्महत्या गरेकोे तथ्यांक प्रहरीमा रहेको छ ।

मानिसहरू मानसिक र आध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँछ्न । आमा समूह , विद्यालय र युवा क्लबसँग समन्वय गर्दै आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सन्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 19, 2022

प्रतिक्रिया दिनुहोस्