Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशमा १४०३ मतदान केन्द्र कायम

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी  सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् ।

सल्यानमा दुई सय दुई मतदाना केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्य एक सय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा एक सय ६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ ।

कालिकोटमा एक सय २३ केन्द्र र एक सय तीन स्थल कायम गरिएकाे छ । हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल, जाजरकोटमा एक सय ४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा दुई सय सात केन्द्र रहेकामा एक सय ३९ स्थल कायम गरेकाे निर्वाचन आयोगले जनाएको छ ।

सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम भएकाे छ । रुकुम पश्चिममा एक सय ३९ केन्द्र र ७६ स्थल रहेका छन् । कर्णालीमा जम्मा मतदान स्थल नाै सय ३३ र मतदान स्थल एक हजार चार सय तीन कायम गरेकाे आयाेगले जनाएकाे छ । यस प्रदेशमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधिसभा क्षेत्र छन् । यहाँ महिला र पुरुष गरी १० लाख आठ हजार तीन सय चार जना मतदाता छन् ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्