Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशसँग खेल्न तयार छौंं : कप्तान एन्जिला

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्न टिम तयार रहेकाे बताएकी छिन् । फाइनलको पूर्वसन्ध्यामा आयाेजित पत्रकार सम्मेलनमा एन्जिलाले टिम पूर्ण तयार अवस्थामा रहेकाे र उपाधि जित्ने दाबी गरिन् ।

‘आगामी खेलको लयलाई कायम राख्न चाहन्छौं । बंगलादेश राम्रो टिम हो । हाम्रो तयारी पनि राम्रो छ । हामी फाइनल खेल्न पूर्ण रुपमा तयार छौं,’ पहिलो पटक नेपालको कप्तानी गरिरहेकी एन्जिताले भनिन् ।

प्रतियोगिताको फाइलन खेल भोलि (सोमबार) त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दा कप्तान तथा गोलरक्षक एन्जिलाले तीन ‘क्लिन सिट’ राखेकी छिन् । नेपालले पहिलो खेलमा भुटानलाई ४-०, दोस्रो खेलमा श्रीलंकालाई ६-० र सेमिफाइनलमा भारतलाई १-० ले हराएको थियो । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक हो । समग्रमा भारतविरुद्ध दोस्रो जित थियो ।

कप्तान एन्जिालले बोलेरभन्दा पनि खेल जितेर घरेलु दर्शकमाँझ उपाधि जित्ने बताइन् । उनले जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा विश्वास राखिन्, ‘बोल्नेभन्दा पनि खेलेर उपाधि जित्ने हो । हामी शारीरिक, प्राविधिक र मानसिक रुपमा तयारी छौं । जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा सकारात्मक छौं,’ सन् २०१६ बाट नियमित टोलीमा रहेकी एन्जिलाले भनिन् ।

बंगलादेशविरुद्ध डेंगुका कारण उपलब्ध नभएका स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन समेत फर्कने सम्भावना छ ।

यता, टोलीका मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् । प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्न तयार भएको बताएका छन् ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्