Logo
७ बैशाख २०८१, शुक्रबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदिपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध  

लमजुङकाे डुम्रे बेसीशहर चामे सडकखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम बेंसीशहर नगरपालिका- १ मा पर्ने उदिपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ ।

सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे बेंसीशहर चामे सडक अन्तर्गत उदिपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ । भिषण पहिरोले मोटर बाटो ठप्प बनाएपछि समग्र उत्तरी लमजुङ साथै मनाङ जिल्लाको यातायात रोकिन पुगेको थियो ।

यसरी मनाङ र उत्तरी लमजुङका बासिन्दाले भोग्नु परेको सास्तीलाई ध्यानमा राखेर भौतिक पूर्वाधार मन्त्रालयले तत्काल काम थालनी गर्नका लागि २१ करोड रुपैयाँ छुट्याएको सांसद देव गुरुङका स्वकीय सचिव कमल खड्काले बताए ।

गत वर्ष गएको पहिरोले सडक बगाएपछि त्यसभन्दा कुुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो । यसवर्ष वर्खा लाग्नेवित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाकसमेत पूरै सडक पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ ।

अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो । त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्