Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहतटमा साइकलको ठक्करबाट एक जना बालिकाको मृत्यु   

राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना १० वर्षे बालिकाको मृत्यु भएको छ ।

सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Sep 16, 2022

प्रतिक्रिया दिनुहोस्