Logo
३१ बैशाख २०८१, सोमबार
(September 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरकाे हाे । हिमानी ट्रष्टकाे अध्यक्ष हिमानी शाहाकाे उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बाेत्तल, झाेला लगायतका सामग्री हस्तान्तरण गरिएको थियाे ।

दुधपाेखरि, मर्स्याङ्दी  दाेर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुकाे उपस्थित रहेकाे थियाे ।  जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगाेस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमकाे आयाेजना गरेकाे ट्रष्टले जनाएकाे छ ।

प्रकाशित मिति: Sep 9, 2022

प्रतिक्रिया दिनुहोस्