Logo
७ जेष्ठ २०८१, सोमबार
(September 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९६  जना चालकमाथि कारवाही    

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६  जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारवाहीमा परेको  ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 8, 2022

प्रतिक्रिया दिनुहोस्