Logo
५ जेष्ठ २०८१, शनिबार
(August 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्दै एमाले

नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा हुने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल गर्नेछ ।

‘स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठनिक विषयमा समेत छलफल हुन्छ ।’

भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक र भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।

प्रकाशित मिति: Aug 23, 2022

प्रतिक्रिया दिनुहोस्