Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिला नेतृत्व गरेको र महिला मात्र भएको शाखा सञ्चालनमा

एनएमबि बैंक(NMB)ले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका महिलाहरुको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविश्यमा थप टेवा पु¥याउने अपेक्षा राखेको छौं ।

उपरोक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो ।

महिला कर्मचारीहरुद्वारा नेतृत्व गरिएको शाखाहरु

प्रदेश               शाखा                       शाखा प्रबन्धक

प्रदेश १           टङ्किसनुवारी             सोविता पन्त

मधेस प्रदेश       मोहत्तरी                   मलिका ठाकुर

वाग्मती प्रदेश     बल्खु                     प्रफुला मानन्धर

गण्डकी प्रदेश     चौथे                     खिमकुमारी गुरुङ

लुम्बिनी प्रदेश      भलवारी               सीता भुसाल

सुदूरपश्चिम प्रदेश    धनगढी           नन्दकुमारी भण्डारी

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंककाे हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

प्रकाशित मिति: Aug 22, 2022

प्रतिक्रिया दिनुहोस्