Logo
१२ बैशाख २०८१, बुधबार
(August 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार भण्डारीलाई पत्रकारितामा बाधा नगर्न पत्रकार महासंघको माग

वरिष्ठ पत्रकार तथा न्यूज अभियानका सम्पादक छायाचन्द्र भण्डारी समाचार लेखेकै कारण नेपाल प्रहरीले टार्गेट गरेको भन्दै नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।

पत्रकार भण्डारी अहिले परिवारसमेतको सम्पर्कमा नरही लुकीछिपी बस्नुपरेको भन्दै पत्रकारिता गर्न ब्यक्तिलाई दुख नदिन महासंघले माग गरेको हो ।

उहाँ आवद्ध पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै नेपाल प्रहरीको ध्यानाकर्षण गराएको हो ।

कुनै पनि समाचारका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रहेको छ । समाचारमा प्रकाशित विषय आचारसंहिताको परिधिभित्र छ, छैन भनी अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो ।

“काउन्सिलले त्यस्ता सामग्रीमाथिको उजुरी लिने र सुनुवाईसमेत गर्ने गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

यो प्रक्रियालाई अवज्ञा गर्दै प्रेस काउन्सिलको दायरामा पर्ने कुरामा समेत प्रवेश गरी पत्रकारलाई आतंकित पार्ने र सम्पर्कविहिन भई बस्नुपर्ने अवस्था सिर्जना गर्ने काम निन्दनीय छ ।

तसर्थ, पत्रकार भण्डारीलाई सहज रुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघ जोडदार माग गर्दछ ।

साथै, समाचार प्रवाह गर्दा आचारसंहिताप्रति सचेत रही पत्रकारिताको मर्यादाको पूर्ण पालना गर्नुपर्ने कुरामा महासंघ स्पष्ट छ ।

महासंघ यसतर्फ सबैको ध्यानाकर्षण गराउँछ, जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Aug 21, 2022

प्रतिक्रिया दिनुहोस्