Logo
५ जेष्ठ २०८१, शनिबार
(August 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदीप गिरिको अन्तिम बिदाइ गर्न नेताहरु सानेपामा

कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ ।

प्रकाशित मिति: Aug 21, 2022

प्रतिक्रिया दिनुहोस्