Logo
५ जेष्ठ २०८१, शनिबार
(August 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर, मेडिसिटीमा अस्पतालमा उपचार जारी

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको उपचार जारी रहेको अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।

गिरिका स्वकीय सचिव कृष्ण खनालका अनुसार साँझ १० बजेसम्म उनलाई भेन्टिलेटरमा नै राखिएको छ र स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

‘उहाँलाई भेन्टिलेटरमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर नै छ, यद्यपि उपचार जारी छ” खनालले भने । गिरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

मेडिसिटीमा डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेका छन्  ।

निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर अन्य भागमा पनि फैलिँदै गएकाले थप समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत मंगलबार तथा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

आज दिनभर कांग्रेस नेता, कार्यकर्ता तथा गिरिका शुभचिन्तक अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: Aug 19, 2022

प्रतिक्रिया दिनुहोस्