Logo
५ जेष्ठ २०८१, शनिबार
(August 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी २ मा एमालेका भण्डारी विरुद्ध कांग्रेसका ३ उम्मेदवार, प्रदेश सांसदमा मेहताहरुको चर्चा

प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ । संघीय सांसदका लागि नेकपा एमालेका रेवतीरमण भण्डारी उम्मेदवार हुेने भएका छन् भने नेपाली कांग्रेसबाट ३ जनाले उम्मेदवारी दावी प्रस्तूत भएका छन् ।

बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता र केन्द्रिय सदस्यहरु राजीव कोइराला, राजीव ढुङ्गानाले उम्मेदवारी प्रस्तूत गरेका छन् । तर कांग्रेसबाट यी तिन जना मध्ये टिकट कस्ले पाउने त्यो भने प्रष्ट भइसकेको छैन ।

बिभिन्न गुटउपगुटमा बाँडिएको कांग्रेसमा टिकटका लागि लविङ्ग जारी रहेको छ भने एमालेबाट भण्डारीको उम्मेदवारी निश्चित देखिएका छन् ।

समाचार श्रोतका अनुसार कांग्रेसमा संस्थापन (देउवा) समुहबाट मेहता र ढुङ्गानाको उम्मेदवारी दावी रहेको छ भने संस्थापनइतर (कोइराला) समुहबाट राजिव कोइरालाले उम्मेदवारी दावी रहेको छ ।

तर सुनसरीको अघोषित इन्चार्ज रहेका संघीय मन्त्री तथा कांग्रेस केन्द्रिय नेता ज्ञानेन्द्र बहादुर कार्कीले कोइरालालाई उम्मेदवार बनाउनुपर्ने लविङ्गमा रहेको बुझिएको छ ।

सुनसरी २ मा संस्थापनइतरबाट कोइराला उम्मेदवार भए आफ्नो क्षेत्र सुनसरी ४ मा संस्थापनइत्तरले पनि खुलेर साथ दिने कार्कीको बुझाई रहेको कांग्रेसी कार्यकर्ताहरुले बताउने गरेका छन् ।

सुनसरी कांग्रेसका एक नेताका अनुसार कोइरालालाई संघीय उम्मेदवार बनाएर मेहतालाई समानुपातिक सुचिमा राख्ने र अर्का केन्द्रिय सदस्य ढुङ्गानालाई प्रदेश (क) तिर उम्मेदवार बनाउने चर्चा रहेको छ । मेहता जातीय बहुल्यता रहेको यस क्षेत्रमा सिताराम मेहता पटक-पटक जित्दै आएका छन् ।

यता प्रदेश (ख) तिर भने एमालेका रामप्रसाद मेहता विरुद्ध कांग्रेसबाट विरेन्द्रकुमार मेहता (केएम) उम्मेदवार हुने चर्चा रहेको छ । पत्रकारिताबाट राजनीतिमा आएका केएम दक्षिण (देवानगञ्ज) का उम्मेदवार हुन् ।

नेपाली कांग्रेसमा दक्षिणी क्षेत्रको नेतृत्व र सहभागिताको ओकालत गर्दै आएका केएम प्रदेश क्षेत्रीय सभापति श्यामलाल मेहताको पनि सर्मथनप्राप्त उम्मेदवार हुन् ।

अहिलेसम्मको इतिहासमा दक्षिणबाट कोही कसैले पनि संसदीय उम्मेदवारी दावीसम्म नगरेका कांग्रेसमा केएमले पहिलोपटक दक्षिणी सहभागिताको माग गरेका हुन् ।

३० हजार मतदाता रहेको दक्षिण क्षेत्रबाट उम्मेदवार बनाए मात्र कांग्रेसले जीत हासिल गर्न सक्ने भन्दै केएमले उम्मेदवारी दावी प्रस्तूत गरेका हुन् ।

हाल काग्रेसका राजीव कोइराला प्रदेश सांसद रहेका यस क्षेत्रमा एमालेका रामप्रसाद मेहता गत चुनावमा झिनो मतले पराजीत भएका थिए । कोइरालाले संघीय उम्मेदवारी दावी गरेपछि मेहता जातीय र दक्षिण क्षेत्रीय कमिनेशन मिलाउन केएमको उम्मेदवरी हुने बताइएको छ ।

देवानगञ्जका पुराना कांग्रेसी नेता लालीप्रसाद मेहता, अर्का नेता सन्तोष भगत लगायत अन्तरघातको आरोपमा कारवाही सिफरिसमा परेपछि कांग्रेसले फ्रेस र शिक्षित यूवा उम्मेदवारको रुपमा केएमलाई उर्तान लागेका हुन् ।

एक नेताले भने -‘पालिका चुनावमा लालीप्रसाद मेहताजीहरुले अन्तरघात नगरेको भए आज उहाँ नै निरविकल्प उम्मेदवार हुनुहुन्थ्यो तर उहाँहरु पार्टी विरुद्ध नै अन्तरघात गरेपछि पार्टीबाट उहाँहरु अस्विकृत हुनु भएको हो ।’

उता क्षेत्रीय सभापति श्यामलाल मेहताले आफू चुनाव नड्ने र आफ्नो सर्मथन युवा उम्मेदवार विरेन्द्रकुमार मेहता (केएम) लाई रहने बताउँदै आएका छन् ।

‘केएम प्रदेश के संघीय सांसदकै लागि योग्य उम्मेवार हुन् । शिक्षीत तथा देश विदेश एवं राष्ट्रिय स्तरको प्रत्येक क्षेत्रमा उहाँको पहुच र पकड रहेको छ तर पार्टी केन्द्रिय नेताहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकाले केएमलाई प्रदेश सांसद उम्मेदवारको रुपमा उतार्न लागिएको हो ।’ एक नेताले भने -‘केएम उम्मेदवार भए दक्षिणका सवै जनताले उहाँलाई मत दिनेछन् र उहाँ भारी मतले विजय हुनुहुनेछन् ।’

नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सचिव समेत रहेका केएमलाई जातीय सर्मथन समेत रहने कांग्रेसको बुझाई रहेको छ । त्यस्तै पत्रकारिता पृष्ठभूमिका भएका कारण केएम अन्य दलका नेता कार्यकार्ताहरुमाँझ पनि उतिकै लोकप्रिय रहेका छन् ।

एक समाजिक अभियन्ताका रुपमा समेत परिचित केएमले सुनसरीको दक्षिणीभेग केन्द्रित धेरै कार्यहरु पनि गराएका छन् । केएमकै अगुवाईमा भारतीय दुतावास मार्फत अनुदानमा आएको २ ओटा एम्बुलेन्स संचालनमा रहेको छ भने केएमकै गुरुयोजना अनुसार ३ पालिका केन्द्रित देवानगंजमा दमल (बारुणयन्त्र) संचालनमा रहेको छ ।

त्यस्तै केएमले आफ्ना आमा वुवाका नाममा दिक्षिणका विद्यालयहरुमा कम्युटर सहितका शैक्षिक सामाग्री वितरण गरेका छन् भने आफू पढेका विद्यालयमा आफ्नी हजुर आमाका नाममा छात्रवृतिका लागि अक्ष्यकोष समेत स्थापना गराएका छन् ।

प्रकाशित मिति: Aug 19, 2022

प्रतिक्रिया दिनुहोस्