Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ स्थायी ठेगाना भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भक्तपुरले २०७९ बैशाख ४ गते उनलाई सो मुद्दामा एक वर्ष एक महिना कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: Aug 16, 2022

प्रतिक्रिया दिनुहोस्