Logo
१६ जेष्ठ २०८१, बुधबार
(August 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु र भारत लोकतन्त्रको जननी : प्रधानमन्त्री मोदीको धारणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ र भारत लोकतन्त्रको जननी भएको बताएका छन् । ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त धारणा राखेका हुन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । उनले जय हिन्द १’ लेख्दै आज बिहान ट्वीट गरेका छन् ।

‘हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे र भ्रष्टाचार नियन्त्रण गर्न जनतासँग सहकार्यको आवश्यक रहेको उनले बताए । देशबाट भागेका व्यक्तिको सम्पत्ति जफत गर्ने प्रयास गरिरहेका छौँ ’, प्रधानमन्त्री मोदीले भने ।

प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरे ।

प्रकाशित मिति: Aug 15, 2022

प्रतिक्रिया दिनुहोस्