Logo
१३ बैशाख २०८१, बिहीबार
(August 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा ९ गम्भीर विषय सहित यी १५ ओटा गल्ती निकाल्दै नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले  १५ बुँदे सन्देश सहित नागरिकता विधेयक संघीय संसद्मा फिर्ता पठाएकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले ९ वटा विषयलाई गम्भीरतासाथ उठाएकी हुन्।

विधेयकमा आवश्यक सुधारका ठाउँहरू बुँदागत रुपमा औंल्याएर सोहीअनुरूप सार्वभौम संसदमा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुन: प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा प्रतिनिधिसभालाई आग्रह गरेकी छन् ।

सदनले साउन १५ मा विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाएकोमा राष्ट्रपति भण्डारीले आइतबार सदनलाई नै सन्देशसहित फिर्ता पठाएकी हुन् ।

संविधानको धारा ११३ उपधारा ३ मा राष्ट्रपतिले सन्देशसहित कुनै पनि विधेयक फिर्ता पठाउन सक्ने व्यवस्था छ । विधेयक फिर्ता पठाउनु अघि राष्ट्रपतिले प्रधानमन्त्रीसँग परामर्श गर्नुका साथै विभिन्न दलका नेता एवं विधेयकको पक्ष र विपक्षमा रहेका समूहका कुरा सुनेकी थिइन ।

राष्ट्रपति औलाएका विधेयकमा आवश्यक सुधारका विषयहरु : 

१‍. नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक ।

२. नागरिकताका सिद्धान्तहरूमा स्पष्टताको खोजी ।

३. अंगीकृत नागरिकताको विषयलाई स्थायी रूपमा समाधान गरिनुपर्ने ।

४. प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा चासो ।

५. अंगीकृत नागरिकताको प्रावधानलाई स्थायी रुपले समाधान गर्न ध्यानाकर्षण ।

६. आमाको नामबाट प्राप्त हुने नागरिकतामा बाबु नभएकोबारे आमाको स्वघोषणा प्रस्ताव गरिएकोप्रति राष्ट्रपतिको चासो ।

७. संविधानको धारा १० (२) मा प्रादेशिक पहिचान सहितको संघीय नागरिकता हुने व्यवस्था गरिएकोमा विधेयकले यसलाई समेट्न नसकेकोप्रति ध्यानाकर्षण।

८. अध्यादेशबाट कानुन निर्माण हुने प्रक्रिया र विधेयकबाट कानुन निर्माण हुने प्रक्रिया फरक रहेको तथ्यलाई स्मरण ।

९. विधेयकमा आवश्यक सुधार गरी पुनः प्रमाणीकरणका लागि पेश हुने अपेक्षा ।

प्रकाशित मिति: Aug 14, 2022

प्रतिक्रिया दिनुहोस्