Logo
४ बैशाख २०८१, मंगलबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङका निजी विद्यालयका दुई विद्यार्थीले ल्याए ४ जीपीए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीसहर नगरपालिका-७ मा रहेकाे युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका-३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । उनीहरू दुवै निजी विद्यालयका हुन् ।

शिक्षा विकास तथा समन्वय प्रमुख वीरबहादुर गुरुङका अनुसार ४२२ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीएसम्म ल्याएका छन् । ६२५ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८ जीपीएसम्म ल्याएका छन् । ९२८ विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४ जीपीएसम्म ल्याएका छन् ।

६४१ जनाले १ दशमलव ६१ देखि २ जिपिएसम्म, १५१ जनाले १ दशमलव २१ देखि १ दशमलव ६ जीपीएसम्म ल्याएका इकाइ प्रमुख गुरुङले बताए । उनका अनुसार ७ जनाले ० दशमलव ८१ जीपीएदेखि १ दशमलव २ जीपीएसम्म ल्याएका छन् ।

सामान्यधार विद्यालयतर्फ २८ सय ३४ जना र प्राविधिक धारतर्फ १४५ जना गरी लमजुङका २९ सय ९७ जनाले यस वर्षको एसईईमा सहभागी जनाएका थिए । सातजना परीक्षामा अनुपस्थित थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्