Logo
३१ बैशाख २०८१, सोमबार
(July 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरेन्सिक रिपोर्टमा रिकभर भएको भिडियो पनि समावेश : जनार्दन प्रकरण

बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हर्न थालेको छ ।

प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ । सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् ।

तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।

प्रकाशित मिति: Jul 26, 2022

प्रतिक्रिया दिनुहोस्