Logo
३० बैशाख २०८१, आईतबार
(July 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति: Jul 24, 2022

प्रतिक्रिया दिनुहोस्