Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल चेन्जमेकर अवार्ड २०२२ मा सुनसरीका युवा तबरेज सम्मानित हुने

भारतको पटनामा ख्वाब फाउण्डेसनले आयोजना गर्नलागेको जुलाई २७ मा देखिको कलाम युथ लिडरसिप कन्फ्रेन्समा कलाम लाइफटाइम अचिवमेन्ट अवार्ड २०२२ र प्रोजेक्ट १०० ले अन्तराष्ट्रिय युवा दिवसमा आयोजना गर्नलागेको ग्लोबल युथ लिडर्स कन्फ्रेन्स १२ अगस्टमा ग्लोबल चेन्जमेकर अवार्ड २०२२ मा तबरेज आलम सम्मानित हुने भएका छन् ।

सुनसरी जिल्ला साविकको रामनगर भुटाहा गाविस वडा नंं ७ निवासी बसोबास गर्ने तबरेज आलम अन्सारी बाल्यकाल देखिनै सुनसरीको दक्षिणवर्ती क्षेत्रमा हाते पत्रिका प्रेरणा पत्र प्रकाशनमा ल्याई लोकप्रिय बनेका थिए ।

विद्यालयमा सधै अव्वल रहने विभिन्न प्रतिस्पद्धामा समेत सधै अगाडि रहने बाल्यकाल देखिनै पत्रकारिताको माध्यमले आफ्नो पहिचान बनाउन सफल अन्सारी बुवाको दुर्घटना पछि पारिवारिक जिम्मेवारी समेत काधमा थपिएकाले सानैदेखि व्यापारमा समेत लागेका हुन् ।

हरिनगर जस्तो बिकट गाउँमा शिक्षाको ज्योतिबाट बन्चित रहदैआएका बालबालिकालाई लक्षित गरी सानै उमेरमा शम्स एकेडेमी सुनसरी स्थापना गरी शिक्षा क्षेत्रमा समेत योगदान पुरयाउदै आइरहेका छन् ।

अन्सारीका शम्स अनलाइन मार्ट, शम्स एण्ड सन्स ट्राभल्स एण्ड टुर्स तथा हालै शम्स हलाल फुड एण्ड गेष्ट हाउस समेत संचालनका साथै बि.सं २०७४ साल देखि भुकम्प राष्ट्रिय साप्ताहिकको प्रबन्ध निर्देशकका रुपमा समेत रहेका छन् ।

३२ वर्षिय अन्सारी तेस्रो आवाज, नवजंग, एजुकेशनल पेजेज, जनलक्ष्य, मर्निग टाइम्स, पपुलर एफएम लगायत विभिन्न मोफसलका तथा राष्टिय मिडियामा समेत काम गरी सकेका छन् ।

कोशी किशोरा समुह बाल कलब स्थापना गरी बाल्यकालदेखि नै समाजमा सामाजिक काममा समेत लागेका अन्सारी वि.सं २०६६ साल देखि नै बाल बालिकाको आवाज सुन्दर स्वस्थ्य समाजका मुल नाराका साथ भुटाहा गाविसलाई खुल्ला दिशापिसाब मुक्त गाउँ बनाउन पहल गरेका थिए भने हाल कोशी युवा कलबका सल्लाहकारका रुपमा रही युवाहरुलाई खेल क्षेत्रमा समेत प्रेरित तथा उत्साहित गरी अगाडि बढाएर प्रशंसनिय काम गर्दै आएका छन् ।

२०२२ मा आरके समुहले आफ्नो २२ औँ स्थापना दिवसमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रिमा प्रेम बहादुर आले मगरको हातबाट स्टार अफ द इयर तथा कोभिड हिरोको रुपमा समेत सम्मानित अन्सारी नेपालको तर्फबाट प्रतिनिधि गर्दै २०१६ सालमा भारतको दिल्लिमा वल्र्ड युथ कन्फेन्स तथा २०१७ मा भारतको ओडिसामा सार्क युथ समितलगायत विभिन्न राष्टिय तथा अन्तराष्टिय कार्यक्रमा समेत सहभागी भइसकेका हुन् ।

प्रकाशित मिति: Jul 21, 2022

प्रतिक्रिया दिनुहोस्