Logo
३१ बैशाख २०८१, सोमबार
(July 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनप्रति गोकुल बास्कोटाको कटाक्ष – देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’

प्रकाशित मिति: Jul 21, 2022

प्रतिक्रिया दिनुहोस्