Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकर भुवन दाहालको पुस्तक ‘रिटायरमेन्ट एट फिफ्टी’

काठमाडौं : बैंकर तथा युनिभर्सिटी अफ थ्री जेनेरेसन का निर्देशक श्री भुवन दाहालद्वारा “रिटायरमेन्ट एट फिफ्टी’ निजको अनुभवमा आधारित आफ्नो पुस्तक ल्याएका छन्। अनुभव तथा बैंकिङ क्षेत्रको बिस्तृत जानकारी पुस्तकमा समेटिएको छ।

सबैभन्दा कान्छो वाणिज्य बैंक सानिमा बैंक इक्विटी फिर्ताको सन्दर्भमा कसरी अग्रणी बैंक बन्न सफल भयो भन्ने विषय पुस्तकमा उजागर गरिएको छ। सानिमा बैंकलाई प्रतिष्ठित बैंक बनाउन दाहाल र उनको टोलीले संघर्ष गर्नुपरेको थियो । पुस्तकले व्यक्ति र संस्थाको सफलताको लागि टोलीको काम, कडा परिश्रम र इमानदारीको महत्त्वलाई सरल भाषामा वर्णन गरेको छ। लगानीकर्ताहरू र पाठकले यस पुस्तकमा सानिमा बैंकको सफलताको कथाबाट प्रेरणा लिन सक्छन्।

ग्रामीण क्षेत्रबाट आएका दाहाल ४२ वर्षको उमेरमा वाणिज्य बैंकको सीईओ र ४८ वर्षको उमेरमा नेपाल बैंकर्स संघको अध्यक्ष भएकाले दाहालबाट धेरै युवाहरूले प्रेरणा लिन सक्छन्

दाहालले यो किताबमा बैंकिङ क्षेत्रका विभिन्न आयामलाई समेटेका छन्। पुस्तक साउन १ देखि बजारमा उपलब्ध हुने दाहालले जानकारी दिए।

अंग्रेजी भाषाको यो पुस्तकमा वाणिज्य बैंकका विभिन्न पक्षमा व्याख्या गरिएको छ। बैंकहरूको व्यापार, निक्षेप, ऋण परिचालन तथा नाफाका विषयमा विस्तृत व्याख्या गरिएको छ। नियामकीय व्यवस्था तथा सुधारका कुरा पनि पुस्तकमा समेटिएका छन्।

पुस्तकमा दाहालले नेपालको बैंकिङको अनुभवमात्र होइन भविष्य कस्तो बनाउने? भन्ने अवधारणा पनि प्रस्तुत गरेका छन् भने पुस्तकबाट प्राप्त गर्ने सम्पूर्ण रोयल्टी सामाजिक सँस्थालाई प्रदान गर्ने निर्णय गरेको छन्।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्