Logo
७ जेष्ठ २०८१, सोमबार
(July 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेसीशहर नगरपालिका बन्याे पशु पूर्णखोपयुक्त पालिका

बेँसीशहर नगरपालिकालाई पशु पूर्णखोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङद्धारा बुधबार आयोजित कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पशु पुर्णखोपयुक्त पालिका घोषणा गरेका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बेसीशहरका ३२ हजार नौ सय ७० पशुहरूमा विभिन्न प्रकारका खोप लगाइएको बताए । बेँसीशहर नगरपालिकामा मात्रै ३७ हजार नौ सय ६३ पशुपालन हुँदै आएको तथ्याँक छ । जसमध्ये ८६ दशमलव आठ प्रतिशत पशुमा विभिन्न प्रकारको खोप लगाइसकिएको छ ।

बेँसीशहरमा एक हजार सात सय ५५ गाई गोरु, चार हजार तीन सय ९ भैंसी, २४ हजार सात सय २७ भेडा बाख्रा, नौ सय ४९ बुंगुर, एक हजार दुई सय ३० कुकुर बिरालोलाई खोप लगाएको कार्यालयको तथ्याँक छ ।

अघिल्लो आर्थिक वर्षबाट जिल्लाका दुई स्थानीय तहमा पशु पुर्ण खोप कार्यक्रम सञ्चालन भएकोमा बेसीशहर नगरपालिकामा अघिल्लो र चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन भएको हो । गत आर्थिक वर्षमा बेँसीशहरसँगै मध्यनेपाल नगरपालिकामा पनि यो कार्यक्रम सञ्चालन भएको थियो । मध्यनेपाल नगरपालिकालाई ३२ असारमा पशु पुर्णखोप युक्त पालिका घोषणा गर्न तयारी भएको छ ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सुन्दरवजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । सुन्दरवजार नगरपालिकालाई पनि केही दिनमा मिति तय गरी पशु पुर्ण खोप पालिका घोषणा गर्ने कार्यालयको तयारी छ ।

 

प्रकाशित मिति: Jul 13, 2022

प्रतिक्रिया दिनुहोस्