Logo
८ बैशाख २०८१, शनिबार
(July 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी टिकट खरीद गर्दा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सकिनेछ । यसले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: Jul 13, 2022

प्रतिक्रिया दिनुहोस्