Logo
७ जेष्ठ २०८१, सोमबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकी मन्दिरबाट हरायो अर्बौको गरगहना, सौन्दर्यकरणको बहानामा भ्रष्टाचार

प्रदेश २ स्थित जनकपुरमा रहेको जानकी मन्दिरमा अर्बौको गरगहना चोरी भएको खबर सार्वजनिक भएको छ । संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले सौन्दर्यकरणका नाममा भ्रष्टाचार समेत भएको आरोप लगाएका छन् । मिथिला संस्कृति समाज,नेपाल र हिन्दु परिषद नेपालको संयुक्त आयोजना तथा मधेशी आयोगको सहकार्यमा जानकी मन्दिरको वर्तमान अवस्था सम्बन्धमा आज (बिहिवार) मधेसी आयोगको सभाहलमा उक्त छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मधेसी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तले भने – जानकी मन्दिरलाई भविष्यमा कस्तो बनाउने भन्ने विषयमा मन्दिर समिती, संस्कृति विभाग, नागरिक समाज र स्थानिय सरकारसँग छलफल भईरहेको बताएका छन् । आफ्नो मन्तब्यमा डा.दत्तले भने पुरातात्विक विभागको अध्यक्षले जानकी मन्दिरको गरगहना विगतमा पुरातत्वमा रहेको बताएका छन् । संस्कार र संस्कृतिको लागि आयोग स्थापना भएको र संविधानको परिधिमा रहेर काम गरेको बताउनु भयो ।

कार्यक्रमकी विशिष्ट अतिथी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले मन्दिर सौन्दर्यकरणको बेलामा भारतबाट आएका कालीगढलाई मन्दिरको जग्गामा मस्जिद बनाउन दिएको भारतबाट आएका कालिगढहरु जो इस्लाम धर्मावलम्बि थिए । तिनिहरुलाई पुजापाठ गर्न सजिलो होस भनि मस्जिद बनाउन दिइएको तर बषैपिच्छे मस्जिदमा तल्ला थप्नु राम्रो कुरा नभएको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय मधेसी आयोगकी सदस्य रेणुदेवि शाहले जनकपुरमा बाटोमा पानि जमेको, सुङ्गुरहरु मन्दिर वरिपरि घुमेको, मन्दिरमा भन्दा मस्जिदमा प्रदेश सरकारले बढी लगानी गरेको बताइन । यसै गरी हामी सबैको लापरवाहीको कारणले पशुपतिनाथ आउने तिर्थालु जनकपुरको जानकी मन्दिरमा नगएको गुनासो ब्यक्त गर्नुभयो ।

आयोगकका तर्फबाट हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले विश्वमा सबैभन्दा बढी गढिमाईमा बलिदिने, जानकी मन्दिरमा रहेको डिजायन विश्वमा कतैपनि नभएको बताए । विश्वसम्पदा सुचिमा जानकी मन्दिर नपरेकोमा चिन्ता ब्यक्त गर्दै अध्यक्ष पटेलले भने प्रदेश सरकार बनेपछि जानकी मन्दिरको ४ तल्ले मस्जिद बनाईएको, सौन्दर्यकरणको नाममा मन्दिर बिगारिएको बताए ।
कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो कार्यक्रमको संचालन सुनिता रौनियारले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता विरेन्द्र ठाकुरले गरेका थिए ।

प्रकाशित मिति: Jul 7, 2022

प्रतिक्रिया दिनुहोस्