Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा सिप्रवी सेक्युरिटिजको सेयर बजार सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ : वीरगन्जमा सम्पन्न सेयर बजार सचेतना कार्यक्रमको सफलतापश्चात सिप्रवी सेक्युरिटिज प्रालिले एफएनसीसीआई मधेस प्रदेश र एनवाईएफई जनकपुर च्याप्टरको सहकार्यमा सेभेन स्टार बैंक्वेट एन्ड होटेल प्रालिमा ‘इन्भेस्टर्स गाइड टु सेयर मार्केट इन नेपाल’ शीर्षकमा एकदिने कार्यक्रम जुलाई २ तारिखमा सम्पन्न गरेको छ।

कार्यक्रमको केन्द्रविन्दु पुँजीबजार, धितोपत्र बाजरका आधारभूत कुराहरु, सेयर कारोबार कसरी सुरु गर्ने, कसरी काम गर्ने र त्यसलाई सम्बोधन गर्ने विभिन्न अभिकर्ताहरुबारे जनेचता फैलाउने थियो। कार्यक्रममा पुँजीबजारमा प्रवेश गर्न चाहने तर ज्ञानको अभावका कारण प्रवेश गर्न नसकेका विभिन्न कलेज, संघसंस्था र व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा १३२ जना सहभागी थिए।

एनवाईईएफ जनकपुर च्याप्टरका अध्यक्ष आशीष महतोले सेयर लगानीको आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै सेयर कारोबारमा ध्यान दिएर लगानी गर्नुपर्नेमा जोड दिए। उनले पहिलोपटक जनकपुरधाममा यस्ता कार्यक्रम आयोजना गरेकोमा सिप्रवीप्रति खुसी र आभार व्यक्त गरे।

कार्यक्रमको बैंकिङ पार्टनर हिमालयन बैंक, मर्चेन्ट बैंकिङ पार्टनर हिमालयन क्यापिटल र पे वालेट पार्टनर आइएमई पे रहेका थिए।

सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै इच्छुक सहभागीलाई निःशुल्क डिम्याट खाता, बैंक खाता र टीएमएस खाता प्रदान गरिएको थियो।

सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवले सबै सहभागीलाई प्रस्तुत गरिएका सबै कुरा सम्झाउन र राम्रोसँग सेयर कारोबार गर्न मद्दत मिल्ने गरी सिप्रवी आफैँले तयार गरेको शिक्षामूलक सामग्री ई–मेलमा पठाइदिने घोषणा गरेका थिए। उनले सिप्रवीले देशैभर नियमित रुपमा यस्ता सचेतनामूलक अभियानहरु सञ्चालन गर्ने र नेपालको सेयर बजार प्रक्रियाबारे कुनै समस्या वा जानकारी नै नभएका व्यक्तिहरुले सिप्रवीलाई आफ्नो सिप्रवी स्मार्ट सर्भिस सोलुसन सेवामार्फत सम्पर्क गर्न सक्ने बताए।

गुगल, फेसबुक, ह्वाट्सएप तथा भाइबरमार्फत पनि सिप्रवीलाई म्यासेज गरी आफ्नो समस्याको समाधान पाउने विश्वास उनले दिलाए।

प्रकाशित मिति: Jul 6, 2022

प्रतिक्रिया दिनुहोस्