Logo
५ जेष्ठ २०८१, शनिबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रेस सल्लाहकार भन्छन, ‘मन्त्रीको आजै सपथ हुन सक्छ’

जनता समाजवादी नेपाल पार्टीवाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवत: आजै सपथ हुने भएको छ ।

आइतवार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमवार नै सपथ गराउन लागिएको हो ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले  भने, ‘सम्भवत: आजै सपथ हुनेछ ।’ उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फवाट बुझाएका छन ।

राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ । सो सिफारिसँगै भौतिक मन्त्री रेणुकुमारी यादव, कृषी मन्त्री महेन्द्रराय यादव र वन मन्त्री रामसहयाय यादव फिर्ता हुनेछन् ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्