Logo
२९ असार २०८२, आईतबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने

सनराइज बैंकका ग्राहकले कार्डमा आफ्नै फोटो राख्न पाउने भएका छन् । त्यसका लागि बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको जानकारी दिएको छ ।
बैंकले सन् २०१० की सीएनएन हिरो अवार्ड तथा सन् २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर यसको सुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमै कोइरालालाई कार्ड हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्