Logo
५ जेष्ठ २०८१, शनिबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा आन्दोलनको निरन्तरता, श्रमिकका मुद्दा लिएर श्रममन्त्री भेट्यो

राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुँवरको नेतृत्वको प्रतिनिधिमण्डलले श्रममन्त्री शेरबहादुर कुँवरलाई ज्ञापनपत्र बुझाएको छ ।

श्रमिकले श्रमको उचित ज्याला पाउनुपर्ने, श्रमिकको जीवन बिमा हुनुपर्ने लगायतका माग राखी महासंघले आइतबार सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा यतिबेला जनजीविकाका विभिन्न माग राखी आन्दोलनमा छ । १३ देखि ३१ असारसम्मको विभिन्न कार्यक्रम सार्वजनिक गर्दै राप्रपा आन्दोलनमा होमिएको हो ।

यसअघि १ असारमा राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका राजनीतिक र चर्काे मूल्यवृद्धि नियन्त्रण, किसानलाई रासायनिक मलको आपूर्ति व्यवस्था लगायतका जनजीविका सम्बन्धि विभिन्न २२ बुँदे मागहरू सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

आफ्ना मागहरू सम्बोधनका लागि राप्रपाले दबाबमूलक कार्यक्रमहरु जारी राखेको छ ।

 

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्