Logo
११ बैशाख २०८१, मंगलबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा सञ्चार सेवा संकटमा

आर्थिक संकट झेलिरहेको पाकिस्तानको समस्या कम हुने नाम लिइरहेको छैन र त्यसै बिच देशमा ठूला सहरहरूमा लगातार विद्युत् कटौतीको समस्याबाट गुज्रिरहेका छन् ।
जसका कारण अब टेलिकम सञ्चालकहरुले देशमा मोबाइल र इन्टरनेट सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

नेशनल इन्फॉर्मेशन टेक्नोलोजी बोर्डले भन्यो – पाकिस्तानमा टेलिकम अपरेटरहरूले सेवा बन्द गर्ने चेतावनी दिएका छन् र देशमा बारम्बार विद्युत् कटौतीका कारण मोबाइल र इन्टरनेट बन्द हुँदा उनीहरुलाई सञ्चालनमा कठिनाइ भइरहेको छ ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आगामी जुलाई महिनामा लोडसेडिङको सामना गर्न सक्ने चेतावनी दिएका छन् र उनले पाकिस्तानले आवश्यक एलएनजी नपाएको तर सरकारले आयातलाई निरन्तरता दिने प्रयास गरिरहेको बताए ।
पाकिस्तानमा २२ हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ भने आवश्यकता २६ हजार मेगावाट छ ।

जुन ७ मा पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीमा १५ घन्टा बिजुली बन्द भएको थियो भने लाहोरमा सोही दिन १२ घण्टा बिजुली काटिएको थियो ।

पाकिस्तानमा ऊर्जा संकटको मुख्य कारण आर्थिक संकट हो र वास्तवमा, पाकिस्तानका धेरैजसो पावर प्लान्टहरूले तेलबाट बिजुली उत्पादन गर्छन् ।

युक्रेन युद्धपछि विश्वभर तेलको मूल्य दोब्बरभन्दा बढी भएको र अहिले पाकिस्तानी रुपैयाँ डलरको तुलनामा २०२ रुपैयाँ प्रति डलर पुगेकोले यस अवस्थामा सरकारले तेलको आयात न्यूनीकरण गर्न चाहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहवाज शरीफ आफैंले पाकिस्तान सरकारको कोषमा अन्य देशबाट तेल र ग्यास किन्न पर्याप्त पैसा नभएको बताएका र ब्लूमबर्ग रिपोर्टका अनुसार यी कारणहरूले गर्दा पाकिस्तानमा तेल आयात अगस्ट २०२१ को तुलनामा जुन २०२२ मा ५० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्