Logo
६ जेष्ठ २०८१, आईतबार
(June 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 13, 2022

प्रतिक्रिया दिनुहोस्