Logo
७ बैशाख २०८१, शुक्रबार
(June 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं सम्पर्क समिति सभापतिमा निर्मल रिजाल र प्रवक्तामा बाबुराम आचार्य

नेपाली काँग्रेसका प्रदेश नम्बर १ का १४ वटै जिल्लालाई समेट्ने गरी निर्मल रिजालको सभापतित्वमा प्रदेश नम्बर १ काठमाडौं उपाध्यका सम्पर्क समिति गठन गरिएको छ।

पाँचथर काठमाडौँ सम्पर्क समितिका सभापति रहेका निर्मल रिजालको सभापतित्वमा गठित प्रदेश नम्बर १ काठमाडौं सम्पर्क समितिको उपसभापतिमा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्य, अर्का उपसभापतिमा झापा काठमाडौं सम्पर्क समितिका सभापति दिपक उप्रेती, महामन्त्रीमा ताप्लेजुङ काठमाडौं सम्पर्क समितिका सभापति भक्ति भट्टराई, कोषाध्यक्षमा भक्त राना रहेका छन्।

सदस्यहरुमा मोरङ काठमाडौं सम्पर्क समितिका सभापति बिनोद कुमार भट्टराई, भोजपुर काठमाडौं सम्पर्क समितिका सभापति केदार कार्की, तेह्रथुम काठमाडौं सम्पर्क समितिका सभापति गणेश घिमिरे, काँग्रेस संखुवासभा काठमाडौं सम्पर्क समितिका सभापति भानु कालाखेती, काँग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका सभापति काशीनाथ आचार्य छन्।

यस्तै काँग्रेस इलाम काठमाडौं सम्पर्क समितिका सभापति समीप घिमिरे, नेपाली काँग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका सभापति भिम थापा, नेपाली काँग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति मनोज खड्का, नेपाली काँग्रेस सुनसरी काठमाडौ सम्पर्क समितिकी सदस्य अदिता आचार्य रहेका छन्।

काँग्रेस प्रदेश नम्बर १ काठमाडौं उपत्यका सम्पर्क समितिको प्रवक्तामा उपाध्यक्ष बाबुराम आचार्यलाई चयन गरिएको छ।

यस्तौ काँग्रेस प्रदेश नम्बर १ काठमाडौं उपत्यका सम्पर्क समितिको सनिबार सम्पन्न पहिलो बैठकले बिधान मस्यौदा समितिको संयोजकमा उपासभापति दिपक उप्रेती, सूचना तथा सञ्चार बिभागको संयोजकमा उपासभापति बाबुराम आचार्य, अर्थ समितिमा कोषध्यक्ष भक्त रानालाई चयन गर्ने निर्णय गर्दै प्रदेश नम्बर १ मा नेपाली काँग्रेसलाई मजबुत बनाउने सम्पर्क समितिले अहम भूमिका खेल्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सभापति रिजालले नेपाली काँग्रेसबाट आफूले के पाउने भन्दा पनि के दिन सकिने भन्ने संस्कार सिकेर अगाडि बढेकाले प्रदेश १ पार्टीसँग समन्वय गरेर प्रदेश नम्बर १ मा काँग्रेसलाई कसरी अगाढी बढाउन सकिन्छ भनेर अगाडी बढ्ने बताएका छन्।

प्रदेश नम्बर १ का काँग्रेस सभापति उद्धब थापा, महामन्त्री भूपेन्द्र राई, सहमहामन्त्री खड्ग फागो, सदस्य मच्छिन्द्र कुगेत्नामको काठमाडौँमा भेट भई प्रकृया अगाडि बढेको बताइएको छ।

प्रकाशित मिति: Jun 13, 2022

प्रतिक्रिया दिनुहोस्